संसद् बैठक : बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल (लाइभ)
संघीय संसद्अन्तर्गतको शुक्रबार पनि पनि प्रतिनिधि सभाको बैठक बसिरहेको छ।
दिउँसो १ बजे शुरु भएको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ।
बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।
प्रतिनिधिसभामा दुई दिनदेखि यसबारे सांसदहरुले बोलिरहेका छन्। अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटका नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी एमालेले चर्को आलोचना गरिरहेको छ।