गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ।
प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन्।
जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ। बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।
जेठ ५, २०७९, बिहीबार
प्रतिक्रिया