काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना भइरहँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई लोकप्रिय मत आएको छ।
उक्त वडाको पहिलो ६ सय मतगणना हुँदा सिर्जनाले १९४ मत पाएकी छन्। यहाँ नेकपा एमालेका केशव स्थापितले १५१ मत पाउँदै दोस्रो स्थानमा छन्।
अर्कातिर अहिलेसम्म समग्रमा सर्वाधिक भोटसहित अगाडि रहेका लौरो लिएर उठेका बालेन साहले १४९ मत पाएका छन्। अर्थात् उनी यो वडामा तेस्रो छन्।
काठमाडौंमा ६१ हजार ३१५ मत गनिएको छ। यसो हुँदा बालेन र स्थापितबीच ११ हजार ७५१ मतको अन्तर छ।
उता बालेन र सिर्जनाबीच १२ हजार २३१ मतको फरक छ। एमाले उम्मेदवार स्थापित कोर एरिया पस्दै गर्दा आफू अघि जाने दाबी गर्दै आएका छन्।
6.7k
Shares
प्रतिक्रिया