स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। मत परिणाम आउने क्रमसँगै रमाइला दृष्य पनि आइरहेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपलालिकाबाट एउटा यस्तै दृष्य आएको छ।
हेटौँडा महानगरपालिका वडा नम्बर ५ को वडाअध्यक्षको दौडमा थिए साहित्यकार हयग्रिव आचार्य र उनकै चेला सुशील घिमिरे।
आचार्यले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए। घिमिरे नेकपा एमालेका उम्मेदवार थिए।
मैदानमा रहेका गुरुलाई पछि पार्दै चेला घिमिरेले वडाध्यक्षमा विजय हाँसिल गरे।
त्यसपछिको दृष्यले अहिले धेरैको ध्यान तानेको छ। आफ्नो विजय जुलुसमा घिमिरेले पराजित भएका आचार्यलाई काँधमा बोकेर हिँडे।
उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भइरहेको छ।
घिमिरे २५३० मतसहित विजयी हुँदा आचार्यले १३९० मत पाए।
आफूले पढाएको विद्यार्थीसँग पराजित भएका आचार्यले उनलाई जीतको शुभकामना दिएका छन्।
वडा तहमा अधिकांश आफ्नै विद्यार्थीहरू विजयी भएको भन्दै उनले सुखद कार्यकालको शुभकामना पनि दिएका छन्।
Shares
प्रतिक्रिया