ad ad

राजनीति


दमक ७ मा राप्रपाको प्यानलै विजयी, मेयरमा राम थापा ८७० मतले अगाडि

दमक ७ मा राप्रपाको प्यानलै विजयी, मेयरमा राम थापा ८७० मतले अगाडि

फाइल फोटो


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:७, काठमाडौँ

दमक नगरपालिका ७ मा ६ दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानलै विजयी भएको छ।

बिहीबार अपरान्ह सार्वजनिक नतिजाअनुसार दमक ७ मा राप्रपाका उम्मेदवार १८ सय ७८ मतसहित विजयी भएका हुन्। 

यहाँको चारैजना वडा सदस्यमा पनि राप्रपाका उम्मेदवारहरू विजयी भएका छन्। 

महागठबन्धनबाट दमकको मेयरका उम्मेदवार थापाले आफ्नो वडाबाट एमाले उम्मेदवार गीता अधिकारीभन्दा दोब्बर मत ल्याएका छन्। 

थापाले आफ्नो वडाबाट १८ सय २६ मत ल्याउँदा एमालेकी अधिकारीले १०९१ मत पाएकी छन्। 

त्यस्तै उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले १५ सय २५ मत ल्याएका छन। यहाँ एमालेबाट उपमेयरका उम्मेदवारले १०५२ मत मात्रै पाएका छन्। 

दमक ७ को मत गनिसक्दा महागठबन्धनका थापाले १४ हजार ५७० मत ल्याएका छन्। उता एमालेबाट मेयरकी उम्मेदवार अधिकारीले १३ हजार ७०० मत ल्याएकी छन्। 

अब यहाँ केपी शर्मा ओलीको निवास रहेको वडा नम्बर ५ र अर्को वडा ६ को मतगणना हुन बाँकी छ। यो अवस्थामा एमालेकी उम्मेदवार अधिकारी ८७० मतले पछि छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .