हरेक वर्ष जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने भएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्तिमा जनाएअनुसार नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु, तर्जुमा भई राजपत्रमा प्रकाशित भएको दिन (वि.सं. २०१८ जेठ १०) को स्मरणमा परराष्ट्र सेवा दिवस मनाइने भएको हो।
मन्त्रालयले यही जेठ १० गतेका दिन पहिलोपटक दिवस मनाउन लागिएको जनाएको छ। त्यसदिन मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा एक औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ।
कार्यक्रममा विक्रम संवत् २०१८ साल र त्यसभन्दा अघि मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।
216
Shares
प्रतिक्रिया