ad ad

राजनीति


जसपाले भत्कायो माओवादीको गढ, सहिदनगरमा दिनेश यादव विजयी

जसपाले भत्कायो माओवादीको गढ, सहिदनगरमा दिनेश यादव विजयी

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १३:२७, काठमाडौँ

माओवादीको गढ सहिदनगरमा जसपा मेयर र कांग्रेस उपमेयर जित्यो, निवर्तमान कान्छो मेयर  तेश्रो नम्बरमा 

नेकपा माओवादी केन्द्रको गढ धनुषाको सहिदनगर नगरपालिकामा मेयरमा जनता समाजवादी पार्टी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। 

निवर्तमान कान्छो मेयर उदयकुमार बरबरिया यादवलाई तेश्रो नम्बरमा पछार्दै जसपाका जसपाका दिनेश प्रसाद यादव मेयर पदमा विजयी भएका हुन्। 

उनले १६३८ मतान्तरले कांग्रेस उम्मेदवार सुधिरकुमार गोइतलाई पराजित गरेका छन्। 

यादवले ५ हजार ७४३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोइतले ४ हजार १०५ मत मात्र ल्याउन सके। 

तेश्रो नम्बरमा माओवादी केन्द्रका उम्मेदवार निवर्तमान कान्छो मेयर बरबरिया  ४ हजार ७७ मतमा सीमित भए। 

यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह ४ हजार ९३१ मत ल्याएर विजयी भएकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत ल्याएकी छन्।

तेस्रोमा रहेकी माओवादी केन्द्रकी रेखाकुमारी मण्डल ४ हजार २१५ मतमा सीमित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .