ad ad

राजनीति


सुदूरपश्चिममा समाजवादीले खाता खोल्यो, घोडाघोडीको मेयरमा रावत

सुदूरपश्चिममा समाजवादीले खाता खोल्यो, घोडाघोडीको मेयरमा रावत

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १२:४२, कन्चनपुर

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा पालिका प्रमुखमा पहिलो जित निकालेको छ।

कैलालीको घोडाघोडी नगरपालिकामा समाजवादीका खडक बहादुर रावत मेयरमा निर्वाचित भएका छन् । उनले १३ हजार १२८ मत प्राप्त गरे।

रावतका निकटतम प्रतिस्पर्धी एमालेका ममता प्रसाद चौधरीले ८ हजार २४१ मत मात्रै पाउन सके।

उपमेयरमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२ हजार २७० मत सहित विजयी भएकी छन्।

उनकी प्रतिस्पर्धी एमालेकी करुणादेवी बटालाले ६ हजार ९६३ मत मात्रै प्राप्त गरिन्।

कैलालीमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर चुनावमा सहभागी भएका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनाव लडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .