ad ad

राजनीति


प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:३६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटका सिद्धान्त तथा प्राथमिकताका बारेमा छलफल भएको छ। छलफलमा ९ महिनासम्म संसद अवरुद्ध गरेको नेकपा एमाले पनि सहभागी भएको थियो। 

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए।

सो प्रस्तावमाथि सांसदहरुले छलफलमा सहभागी भएर भनाइ राख्ने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .