काठमाडौँ महानगरपालिका–२८ को मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई उछिनेका छन्।
आफ्नो वडाको मत गणनामा उनले सुरुवातबाटै अग्रता लिन सुरु गरेको शाहलाई उछिनेका हुन्।
२८ नम्बर वडाको सुरुवाती मतगणनामा स्थापितले शाहलाई ११ मतले पछि पारेका छन्। पछिल्लो मतपरिणाम अनुसार स्थापितले ८७ मत पाउँदा शाहले ७३ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४७ मत प्राप्त गरेकी छन्। समग्रमा भने स्वतन्त्र उम्मेदवार सबैभन्दा अगाडि छन्।
४४ हजार १४० मत गणना हुँदा उनी १६ हजार ८९० मतसहित पहिलो स्थानमा छन्।
18.5k
Shares
प्रतिक्रिया