ad ad

राजनीति


धरानमा पनि लौरो अघि लाग्यो, कांग्रेस पछ्याउँदै, एमाले तेस्रो

धरानमा पनि लौरो अघि लाग्यो, कांग्रेस पछ्याउँदै, एमाले तेस्रो

नेपालखबर
जेठ ४, २०७९ बुधबार ११:१९, विराटनगर

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्। 

बुधबार बिहान ११ बजे सकिएको २६ हजार ८४२ मतगणनाअनुसार साम्पाङले कांग्रेस उम्मेदवार किशोर राईलाई ४४ मतले उछिनेका हुन्।

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ७७६१ मत पाएका छन्। दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका किशोर राईले ७७१७ मत पाएका छन्।

नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६४२५ प्राप्त गरेकी छन्। उनले आजै बिहान ८ बजेको परिणामअनुसार मतान्तर २५६ मा झारेका थिए।

तर अब साम्पाङ अघि लागेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राई अघि रहेकोमा अब स्वतन्त्र उम्मेदवार अघि लागेका छन्। 

बुधबार बिहान ८ बजे कांग्रेसका राईले ७७ सय १७ मत ल्याएका थिए। उता साम्पाङले ७४६१ मत ल्याएका थिए। तर अब साम्पाङले धरानमा अग्रता बनाएका छन्। 

उता एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा परेकी छन्। उनले बिहान ८ बजे ६४ सय २५ मत ल्याएकी थिइन्। मञ्जु एमालेबाट जितेकी निवर्तमान उपमेयर पनि हुन्। 

धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना भइसकेको छ। अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .