मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन्।
शनिवार दिनभर सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले अग्रता बनाइराखेको अवस्थामा अब पौडैल अघि लागेका हुन्।
हेटौँडा वडा नम्बर १ मा मत गनिरहँदा एमालेका पौडेलले ७८६ मत ल्याएका छन्। सत्ता गठबन्धनकी मीना लामाले ७८५ मतसहित पछि परेकी छन्।
यहाँ राप्रपाका उम्मेदवारले पनि ७२० मत ल्याउन सफल भएका छन्।
मेयर
गठबन्धन (कलम) - ७८५
राप्रपा (हलो) - ७२०
उपमेयर
गठबन्धन (रुख) - ११५१
नेकपा एमाले (सूर्य) - ९४३
बैशाख ३१, २०७९, शनिबार
प्रतिक्रिया