ad ad

राजनीति


सुनिता डंगोललाई लोकप्रिय मत, गठबन्धनका प्रतिस्पर्धी धेरै पछाडि

सुनिता डंगोललाई लोकप्रिय मत, गठबन्धनका प्रतिस्पर्धी धेरै पछाडि

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:२, काठमाडौँ

काठमाडौं महानगरपालिकामा जारी मतगणनाका क्रममा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाएकी छन्। 

सुरुमा मेयर पदमा स्वतन्त्र उठ्ने घोषणा गरेर एमालेबाट उपमेयरको टिकट पाएकी उनले ताजा अवस्थामा ५२० मत ल्याउन सफल भएकी छन्। 

उनलाई चुनौती दिइरहेका कांग्रेस-माओवादीसहितको साथ पाएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले केबल ११० मत मात्रै पाएका छन्। 

सुनिताले मेयरका उम्मेदवार बालेन साहको भन्दा एक सय बढी मत ल्याएकी छन्। 

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरका उम्मेदवारको पक्षमा १०५ मत पाएका छन्। त्यस्तै विवेकशील साझाकी उम्मेदवारको पक्षमा ३५ मत परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .