काठमाडौं महानगरपालिकामा लौरो लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ८३ मतको अग्रता बनाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले साझँ पौने ६ बजे पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको परिणाम अनुसार बालेनले अहिलेसम्म ४०२ मत ल्याएका छन्।
बिहान साढे ९ गतेदेखि सुरु भएको मतगणनाको गति एकदमै सुस्त रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन्।
तेस्रो नम्बरमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म २०२ मत ल्याउन सफल भएकी छन्।
त्यसैगरी यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५३ भोट ल्याएका छन् भने विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत ल्याएकी छन्।
बैशाख ३१, २०७९, शनिबार
प्रतिक्रिया