ad ad

राजनीति


भरतपुरमा एमालेको अग्रता यथावत, जगन्नाथ पौडेल निर्णायक!

भरतपुरमा एमालेको अग्रता यथावत, जगन्नाथ पौडेल निर्णायक!

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:५०, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

अहिलेसम्म २ सय मत गणना गर्दा एमालेका विजय सुवेदीले ८२ मत पाएका छन्।

यस्तै गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत ल्याएकी छन्। 

कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २५ मत ल्याएका छन्।

पौडेलले यही रफ्तारमा मत पाइरहेमा सत्ता गठबन्धनको कम्तीमा पनि १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ।

अहिले त्यहाँ वडा १ नम्बरको मतगणना भइरहेको छ। 

मतगणना धेरै ढिलाइ भइरहेको गणनास्थलमा खटिएका एकजना प्रतिनिधिले नेपालखबरलाई बताएका छन्। 

गणना सुरु भएको चार घण्टामा केबल २ सय मत मात्रै गन्न सम्भव भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .