ad ad

राजनीति


महोत्तरीको सोनमा गाउँपालिकाको मतगणनास्थलमा झडप

महोत्तरीको सोनमा गाउँपालिकाको मतगणनास्थलमा झडप

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १५:३९, जनकपु्रधाम

महोत्तरीको सोनामा गाउँपालिकास्थित मतगणना स्थलमा झडप भएको छ। मतगणना सुरु भएर ६ वटा मतपत्र मात्रै गनेको अवस्थामा झडप भएको हो।
 

मतपत्रको कोठामा मसी लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिबीच झडप भएको हो। 

झडपपछि मतगणना रोकिएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिएका छन्।  

मतगणना सुरु भएर मात्र ६ वटा मत पत्रको गणना भएको बेला झडप भएको हो। 

स्थितिलाई सामान्य बनेपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .