गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका नगरप्रमुख खिलध्वज पन्थी एमालेभन्दा अघि रहेका हुन्।
रेसुङ्गा नगरपालिकामा ४ वडामा मतगणना सकिएको छ भने वडा ५ मा मतगणना जारी रहेको छ।
एमालेका राजेन्द्र प्रसाद पाण्डेयले १७ सय ७० मत ल्याउँदा खिलध्वज पन्थीले २२ सय ९२ मत प्राप्त गरेका छन्।
उपप्रमुख तर्फ एमालेकी रिता पाण्डेले १६ सय ९५ मत ल्याएकी छन् भने अमृता देवी कुँवर २३ सय ६१ मत प्राप्त गरेकी छन्।
नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी विजयी भएका छन्। वडा नं २ मा एमालेका हिमाल कुँवरलाई हराउँदै कांग्रेसका हिराबहादुर थापा विजयी भएका छन्।
वडा नं ३ मा कांग्रेसकै बाबुराम खत्री विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर घर्तीलाई हराएका हुन्।
वडा नं ४ मा एमालेका चोलराज शर्मा कांग्रेसकै लीलाधर आचार्य विजयी भएका छन्।
वडा नं ५ मा पनि नेपाली कांग्रेसका दुर्गा प्रसाद खनाल नै अघि रहेको छ। नेपाली कांग्रेसले ४८२ मत ल्याउँदा एमालेका तेज प्रसाद खनालले २०५ मत ल्याएका छन्।
नगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका डिल्लीराज भुसाल विजयी भएका थिए।
Shares
प्रतिक्रिया