राजनीति


प्रचण्डले रुखमा र बाबुरामले सूर्यमा गरे मतदान

प्रचण्डले रुखमा र बाबुरामले सूर्यमा गरे मतदान

नेपालखबर
बैशाख ३० , काठमाडौँ

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले आफू आवद्ध नभएको दललाई पनि मतदान गरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको चुनाव चिह्न रुखलाई मतदान गरेका हुन्। 

यस्तै सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सूर्य चिह्नमा मतदान गरेका छन्। 

स्थानीय तह निर्वाचनमा गरिएको तालमेलका कारण प्रचण्डले कांग्रेसका वडाध्यक्ष र भट्टराईले एमालेका  उपप्रमुखलाई मत दिएका छन्। 

प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा पर्ने शान्तिपुरको पुलिस स्कुल भवन मतदानस्थलबाट कांग्रेसका वडाध्यक्षका उम्मेदवारलाई मत दिएका हुन्। 

भरतपुरमा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेका कारण प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्नु परेको हो। गठबन्धनको सहमति अनुसार भरतपुर-१४ मा कांग्रेसबाट वडाअध्यक्ष उठेका छन्। 

यस्तै भट्टराईले गोरखाको पालुङटार नगरपालिका-१ मा रहेको अन्नपूर्ण मावि भवन मतदान स्थलबाट एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेका हुन्। 

पालुङटारमा जसपाले नगर प्रमुख र एमालेले नगर उपप्रमुखका लागि आ–आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

 

बैशाख ३०, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad