धनुषाको मिथिला नगरपालिका-८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रमा एकजना मतदाता त्यतिकै फर्किनु परेको छ।
स्थानीय फूलमाया डिमडुङ भोट हाल्न जानुअघि उनको नाममा अर्कैले हालिदिएको खुलेको हो।
आफू आउनुअघि नै अर्कैले हालिसकेकाले उनी मत खसाउनबाट बञ्चित भएकी छन्।
मत खसाल्न जाँदा तपाईंको मत खसिसकेको र नाममा टिक लागि सकेको भन्दै मतदान अधिकृतले उनलाई फर्काएका छन्।
मत खसाल्न नपाउँदा उनले आफ्नो मताधिकार खोसिएको बताएकी छन्। मतदान अधिकृतको लापरबाहीले यस्तो भएको उनले गुनासो गरेकी छन्।
15.6k
Shares
प्रतिक्रिया