ad ad

राजनीति


बाबुरामले देखाए मतपत्र, कानुन भन्छ : तिर्नुपर्छ १५ हजार जरिवाना

बाबुरामले देखाए मतपत्र, कानुन भन्छ : तिर्नुपर्छ १५ हजार जरिवाना

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार ९:१६, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदानको मत संकेत सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन्।

सार्वजनिक तस्बिरमा भट्टराईले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव चिन्ह ‘छाता’ मा मत दिएको देखिएको छ। जसमध्ये उनले नगर उपप्रमुखबाहेकका जसपाका उम्मेदवारलाई मत दिएका छन्।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ। तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ मा रहेको अन्नपूर्ण मावि मतदान स्थलमा मतदान गरेका थिए।

जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बिहान ८ बजेर २५ मिनेट जाँदा मतदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .