ad ad

राजनीति


निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन गृहको आग्रह

निर्वाचनको वातावरण शान्तिपूर्ण बनाउन गृहको आग्रह

नेपालखबर
बैशाख २९, २०७९ बिहिबार २१:३२, काठमाडौँ

गृहमन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ। 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदानमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई अनुरोध पनि गरेको छ। 

‘यसका बाबजुद कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी एकाइ, प्रहरीको नम्बर १००, प्रजिअ वा प्रहरी प्रमुखलाई सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 

निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १० हजार ७५६ वटै मतदानस्थलमा कर्मचारी सुरक्षाकर्मी खटनपटन तथा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भइसकेको पनि मन्त्रालयले सबैमा जानकारी दिएको छ। 

मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदानस्थलमा भरपर्दो सुरक्षा व्यावस्था मिलाइएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .