ad ad

राजनीति


बाबुरामको गृहनगर पालुङटारमा एमाले-जसपा तालमेल

बाबुरामको गृहनगर पालुङटारमा एमाले-जसपा तालमेल

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १५:३७, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। 

मौनअवधिको पूर्वसन्ध्यामा भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। 

सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएको छ। 

यस्तै उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ। 

सहमति पत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।

यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो। सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए।

तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्ला एक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए। 

तर समाजवादी एक्लै परेको अवस्थामा बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो। बाबुराम पछिल्लो समय एमालेविरुद्ध आक्रमक नेतामध्ये एक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .