साथी सुम्निमा उदासको बिहेमा सहभागी हुन काठमाडौं आएका भारतीय कांग्रेस आईका नेता राहुल गान्धी सोमबार ठमेलस्थित नाइट क्लबमा छिरेका छन्।
मध्यराति १२ बजे उनी केही सहयोगीसहित ठमेलको एलओडी नाइट क्लबमा छिरेका हुन्। उनले क्लब सञ्चालक र सुरक्षाकर्मीलाई पनि त्यसबारे थाहा दिएका थिएनन्।
त्यहाँ करिब डेढ घण्टा त्यहाँ बिताएका उनको सुरक्षा व्यवस्था मिलाउन पनि प्रशासनलाई समस्या भएको थियो। करिब २५ जना टोलीसहित राहुल नाइट क्लब पुगेका थिए।
उनी नाइट क्लबमा डेढ घण्टा बसेपछि बौद्धस्थित हायात होटल गएका थिए। सुम्निमाको बिहे पनि त्यही होटलमा बिहीबार हुँदैछ।
नयाँ दिल्लीस्थित सीएनएनकी पूर्वसंवाददाता र राहुलबीच पुरानो सम्बन्ध छ। पाँच दिनका लागि आएका उनी मंगलबार र बुधबार रारा ताल र मुक्तिनाथ जाने कार्यक्रम छ।
हायतमा बिहीबार साँझ सुम्निमा र निमा मार्टिन शेर्पाबीचको बिहे सकिएपछि गान्धी शुक्रबार नयाँ दिल्ली जानेछन्।
Shares
प्रतिक्रिया