ad ad

राजनीति


ओलीको व्यवस्थापन गर्ने वचनले पछि हटे मिथिलामा एमालेका बागी निवर्तमान मेयर

ओलीको व्यवस्थापन गर्ने वचनले पछि हटे मिथिलामा एमालेका बागी निवर्तमान मेयर

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार १७:३८, काठमाडौँ

धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेबाट बागी उम्मेदवार निवर्तमान मेयर हरिनारायण महतो उम्मेदवारी फिर्ता लिएका छन्। 

महतोले आफू उम्मेदवारी फिर्ता लिएको शुक्रबार बताएका छन्। उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले बोलाएको थियो।

'मैले फिर्ता लिएको छु। पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि फिर्ता लिने निष्कर्षमा पुगेको हुँ। अहिले काठमाडौंबाट फर्किँदै छु,' उनले भने ।

अन्त समयमा एमालेले राजाराम महतोलाई पार्टीले मेयरको टिकट दिएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए।

नेकपा एमाले नगर समितिबाट हरिनारायण महतोलाई मेयरको उम्मेदवारको लागि एकल सिफारिस गरेको थियो। तर, टिकट अन्ततः  राजाराम महतोले पाउन सफल भएका थिए।

राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए। 

जसकारण एमालेबाट हरिनारायणलाई जित्न सहज भएको थियो।

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य हुन्।

एमाले धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरणमा रघुवीर महासेठले चलखेल गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .