ad ad

राजनीति


सशस्त्र प्रहरीका ७२ डीएसपीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरीका ७२ डीएसपीलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १८:४५, काठमाडौँ

सशस्त्र प्रहरी निरीक्षकबाट नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतहरूलाई उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ।

बिहीबार सशस्त्र प्रहरी मुख्यालय हलचाेकमा आयाेजित विशेष समाराेहमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले ​दर्ज्यानी चिह्न प्रदान गरे।

त्यसअवसरमा महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरुप पदोन्नति प्राप्त भएको बताए।

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए।

नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानून उप समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका हुन्।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .