नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको गृहजिल्ला डोटीमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ।
चुनावी तालमेलका लागि भागबन्डामा कुरा नमिलेपछि कांग्रेसले एकल रुपमा स्थानीय तह निर्वाचन लड्ने निर्णय गरेको छ।
वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले डोटीका नौ वटै पालिकामा उम्मेदवारहरू अघि सारेको छ।
कांग्रेसले दिपायल सिलगढी नगरपालिकामा विजय खड्का र कल्पना साउद, शिखर नगरपालिकामा दीर्घबहादुर बलायर र सुनिता जोरालाई उम्मेदवार बनाएको छ।
बोगटान गाउँपालिकामा डिलबहादुर बम र बिस्ना देउवा बम, केआईसिंह गाउँपालिकामा लोकेन्द्रबहादुर शाही र मिना विष्ट अध्यक्ष र उपाध्यक्षमा लड्ने भएका छन्।
आदर्श गाउँपालिकामा गणेश खड्का र लक्ष्मी रोकाया, जोरायल गाउँपालिकामा दिपक विस्ट र चन्द्रा साउद, बड्डिकेदार गाउँपालिकामा भैरव साउद र डम्बरी विष्ट कलेललाई उम्मेदवार बनाइएको छ।
यस्तै, पूर्वीचौकी गाउँपालिकामा रामप्रसाद उपाध्याय र पशुपति खड्का तथा सायल गाउँपालिकामा धर्म जोशी र निर्मला बोहरालाई अध्यक्ष–उपाध्यक्षको उम्मेदवार बनाइएको छ।
कांग्रेसले नगरपालिकाको उम्मेदवारी प्रदेश कार्यसमिति र गाउँपालिकाको उम्मेदवारी जिल्ला कार्यसमितिमार्फत टुंग्याइरहेको छ।
Shares
प्रतिक्रिया