ad ad

राजनीति


कांग्रेसको भागमा पर्‍यो प्रचण्डको नामावली भएको वडा

कांग्रेसको भागमा पर्‍यो प्रचण्डको नामावली भएको वडा

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०७९ आइतबार ११:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतदाता नामावली रहेको वडा नेपाली कांग्रेसको भागमा परेको छ। 

सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि भएको भागबण्डामा उनको नामावली रहेको वडा कांग्रेसको भागमा परेको हो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको मतदाता नामावली चितवनको भरतपुर महानगरपालिका-१४ मा छ। 

उक्त वडामा कांग्रेसले वडाध्यक्षमा उम्मेदवारी दिने चितवनका गठबन्धनआवद्ध दलहरुबीच सहमति जुटेको छ। 

प्रचण्डकी स्वकीय सचिव निशा भण्डारीले महानगरपालिकाको वडानम्बर १४ मा यसअघि कांग्रेसले जितेका कारण यसपटक पनि कांग्रेसको भागमा परेको बताइन्। 

दलहरुबीच भएको सहमति अनुसार भरतपुरको १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडा कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।

नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडामा अध्यक्ष पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .