ad ad

राजनीति


रणबहादुर चन्द : एमाले अध्यक्षमा चार मतले हारेका थिए, मेयरको टिकट पाए

रणबहादुर चन्द : एमाले अध्यक्षमा चार मतले हारेका थिए, मेयरको टिकट पाए

फाइल फोटो


नेपालखबर
बैशाख १०, २०७९ शनिबार २२:३८, धनगढी

गत पुसमा भएको एमाले कैलालीको आठौं अधिवेशनमा रणबहादुर चन्द अध्यक्षमा रतन थापासँग ४ मतले पराजित भएका थिए। 

थापाले २८७ मत पाउँदा चन्दले २८३ मत मात्र पाए।

अध्यक्षमा थापाले जिते पनि कार्यसमितिमा उपाध्यक्ष, सचिव, उपसचिवलगायतका अधिकांश पदमा चन्द प्यानलले बाजी मार्‍यो

त्यसअघि सातौं जिल्ला अधिवेशनमा भने चन्द जिल्ला कमिटी सचिवमा विजयी भएका थिए।  

नेकपा माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी निभाए। 

तत्कालीन एमाले अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परेपछि उनी उपाध्यक्ष बनेका थिए। 

झण्डै ३ दशकदेखि एमालेमा सक्रिय चन्दले स्थानीय पञ्चोदय माविबाट विद्यार्थी राजनीति सुरु गरेका हुन्। 

२०५२ सालमा उनी  कैलाली बहुमुखी क्याम्पसको अनेरास्ववियू प्रारम्भिक कमिटि सदस्य बने। त्यसको दुई वर्षपछि उनी अध्यक्ष चुनिएका थिए। 

त्यसपछि उनी अनेरास्ववियु जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्यका समेत बने। 

२०५८ सालमा चन्द पार्टीको धनगढी नगर कमिटी सदस्य र त्यसपछि सचिव भएका थिए। 

त्यसलगत्तै उनी पार्टीको जिल्ला कमिटी सदस्य बने। 

अब उनले धनगढीको मेयरका लागि गठबन्धनका नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .