ad ad

राजनीति


कैलालीमा एकै वडाका ९६ जना क्रियाशील सदस्यले कांग्रेस छाडे

कैलालीमा एकै वडाका ९६ जना क्रियाशील सदस्यले कांग्रेस छाडे

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १७:३१, काठमाडौँ

कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा नेपाली कांग्रेसका झण्डै सयजना क्रियाशील सदस्यहरुले पार्टी परित्याग गरेका छन्। 

वडा नम्बर १८ को वडा कार्यसमिति सभापति भक्त थापासहित ९६ जनाले शुक्रबार चुनावी तालमेलको विरोध गर्दै पार्टी परित्याग गरेका हुन्। 

वडा सभापति थापाले कार्यसमितिका ३२ र क्षेत्रीय प्रतिनिधि गरी ९६ जना क्रियाशील सदस्यहरुले पार्टीलाई राजीनामा पत्र बुझाएको जानकारी दिए। 

उनले चुनावी तालमेल पार्टीको हितमा नरहेकाले आफूहरुले पार्टी परित्याग गरेको पनि प्रतिक्रिया दिए। 

‘१–२ महिनाबाटै हामी गठबन्धनमा जानु हुँदैन भनिरहेका थियौँ,’ थापाले नेपालखबरसँग भने, ‘पार्टीमा हामीले धेरै समय बिताएका छौँ। अहिले पार्टी बलियो भएको छ। तर, गठबन्धन गरेरै जाने भनिएकाले राजीनामा दिएका हौँ।’

उनले वडामा झण्डै ५० जना नव प्रवेशी भएको भन्दै उनीहरुलाई रुखबाहेकको चुनाव चिन्हमा मत माग्न नसकिने पनि बताए। 

‘४०–५० जना नव प्रवेशी छन्। कसरी उनीहरुलाई रुख छाडेर अरुलाई भोट देउ भन्ने?,’ थापाले प्रश्न गरे। 

उनले पार्टी परित्यागको घोषणा गरिए पनि स्थानीय तह निर्वाचनमा स्वतन्त्र वा अन्य कुनै दलबाट प्रतिष्पर्धा गर्ने बारेमा अहिले नै निर्णय भने गरिनसकेको बताए। 

‘अहिले नै केही निर्णय गरेको छैनौँ। स्वतन्त्र लड्नै पर्‍यो भने साथीहरुसँग सल्लाह गरौँला,’ थापाले भने, ‘कस्तो प्रतिक्रिया आउँछ, हेर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .