ad ad

राजनीति


‘मौन अवधिमा सामाजिक सञ्जाल बन्द गर्दा कसो होला?’

‘मौन अवधिमा सामाजिक सञ्जाल बन्द गर्दा कसो होला?’

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १६:१२, काठमाडौँ

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा सम्पादकहरूसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा आयोगका एक पदाधिकारीले सोधे, ‘सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन्, निर्वाचनको मौन अवधि शुरु भएपछि केही घण्टालाई फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल बन्द गर्दा के होला?’

निर्वाचन आयोगले यसबारे कुनै निर्णय नगरेको तर चुनावमा सामाजिक सञ्जालको प्रयोगले आचारसंहिता उल्लंघनका घटना बढेपछि यस्तो प्रश्न उब्जिएको ती पदाधिकारीको चिन्ता थियो। 

‘गत उपचुनावमा निर्वाचन आयोगसमक्ष २३ वटा उजुरीहरू परेका थिए,’ आयोगका ती पदाधिकारीले भने, ‘ती सबै उजुरीहरू सामाजिक सञ्जालसँगै सम्बन्धित थिए।’

आयोगका पदाधिकारीले यस विषयमा सम्पादकहरूको राय बुझ्न खोजेजस्तो देखिन्थ्यो। तर, सहभागी प्रायः सबैले त्यसरी सामाजिक सञ्जाल बन्द गर्दा आयोग अनावश्यक विवादमा फस्ने भन्दै त्यस्तो निर्णय नलिन सुझाए। 

समाजिक सञ्जाल बन्द गराउनुको साटो निर्वाचनका बेला सामाजिक सञ्जालबाट कसैले आचारसंहिता उल्लंघन गरेमा त्यसको कडा अनुगमन गर्न सम्पादकहरूले आयोगलाई सुझाव दिए।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्पष्ट पारे, ‘आयोगले त्यस्तो निर्णय लिँदैन। निर्वाचन आयोग सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने पक्षमा छैन, नियमनको पक्षमा छ।’

यसैबीच, कतिपय युट्युब च्यानलले कसलाई भोट हाल्नुहुन्छ भन्दै मतदातासँग भिडियो कुराकानी गरिरहेको गुनासो सुनेपछि आयोगले त्यसमाथि निगरानी गर्ने थपलियाले बताए। थपलियाले भने, ‘कसलाई भोट हाल्नुहुन्छ भनेर कसैलाई पनि सोध्न पाइन्न। त्यसो गर्नेहरुलाई कारवाही गरिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .