ad ad

राजनीति


पाँच दलले चितवनका सबै स्थानीय तहमा गठबन्धन गर्ने

पाँच दलले चितवनका सबै स्थानीय तहमा गठबन्धन गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०७८ सोमबार ११:३४, काठमाडौँ

चितवनस्थित पाँचवटा राजनीतिक दलहरुले जिल्लाका सबै सातवटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय लिएका छन्। 

नेपाली कांग्रेसको नेतृत्वमा सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गर्ने निर्णय लिएको हो। 

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए। 

बैठकले जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलबीच बैठक बसी चुनावी तालमेलबारे संयुक्त संयन्त्र निर्माण गरी छलफल अगाडी बढाउने निर्णय गरेको छ। संयुक्त संयन्त्रको संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय उनीहरुले गरेका छन्। 

'गठबन्धन सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो', बैठकको निर्णयमा भनिएको छ।  

पाँच दलले केन्द्रको परिपत्र अनुसार दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल पनि गठन गरेका छन्। 

तर पाँच दलले सबैभन्दा विवादको विषय बनेको भरतपुर महानगरपालिकाबारे केही बोलेका छैनन्। 

कांग्रेसको भरतपुर महानगर कमिटीले आइतवार मात्रै आगामी स्थानीय निर्वाचनमा कुनै हालतमा मेयरको दाबी नछाड्ने निर्णय लिएको थियो।

कांग्रेस भरतपुर महानगर कमिटीले यदि चुनावी तालमेल गर्ने भए माओवादीले मेयरका लागि कांग्रेसलाई सघाउनुपर्ने अडान सार्वजनिक गरेको छ। 

संयुक्त वक्तव्यमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजवादीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .