राजनीति


माओवादी नेता–कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन : २ महिना नसुत्नुहोला

माओवादी नेता–कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन : २ महिना नसुत्नुहोला

नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समितिको नवनिर्मित भवन उद्घाटनमा प्रचण्ड।


नेपालखबर
चैत ५, २०७८ शनिबार १५:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन अन्य दलका लागि सामान्य जित हारको कुरा भए पनि आफ्नो पार्टीका लागि भने गम्भीर विषय भएको बताएका छन्। 

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यो चुनावलाई सामान्य नठान्न नेता कार्यकर्तालाई निर्देशन दिए। त्यसका लागि आगामी २ महिना नसुतेर  रातदिन खटिन उनले आह्वान गरे। 

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। चुनाव आउन अब लगभग २ महिना मात्र बाँकी छ। 

आफू जीवनको उत्तरार्द्धमा पुगिसकेकाे भए पनि जोसका साथ खटिरहेको बताउँदै यसको गम्भीर अर्थ भएको प्रचण्डले बताए। 

नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समितिको नवनिर्मित भवन उद्घाटनमा प्रचण्डले भने, ‘निर्वाचन आउँदै छ, यो सामान्य निर्वाचन नठान्नुहोला, हामी माओवादीका निम्ति यो निकै महत्त्वपूर्ण छ, हामीले हार्यौं भने संविधान हार्नेवाला छ, हामीले हार्यौं भन्ने गणतन्त्र हार्ने खतरा छ, तसर्थ हामीले यो निर्वाचन जित्नैपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad