राजनीति


माओवादी केन्द्रको पोखरा महानगर अध्यक्षमा हरिनारायण

माओवादी केन्द्रको पोखरा महानगर अध्यक्षमा हरिनारायण

नेकपा माओवादी केन्द्रको पोखरा महानगरका नवनिर्वाचित अध्यक्ष हरिनारायण गिरी ‘विज्ञान’।


वाशुदेव मिश्र
फागुन २०, २०७८ शुक्रबार १२:२, पाेखरा

नेकपा माओवादी केन्द्रको पोखरा महानगर समितिले आफ्नो अध्यक्ष हरिनारायण गिरी ‘विज्ञान’लाई बनाएको छ।

अधिवेशनबाट महानगर समिति चयन भएको ३ महिनापछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो।  

गत मंसिर दोस्रो साता भएको नगर अधिवेशनमा अध्यक्ष पदमा प्रत्यासी बढी भएपछि पदाधिकारी चयन हुन सकेको थिएन। 

अहिले नवनिर्वाचित महानगर समितिले अध्यक्षसहित उपाध्यक्षमा भानुभक्त अधिकारी र पुष्प ढुंगाना, सचिवमा हर्कमान विक र जनक पराजुली, सहसचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यराज तिवारीलाई चयन गरेको हो।

माओवादी केन्द्रले पोखरा महानगरमा आफ्ना क्रियाशील सदस्यको संख्या ८ हजारभन्दा बढी रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .