ad ad

राजनीति


एमसीसीविरुद्ध आन्दोलनलाई निरन्तरता दिने ८ दलको घोषणा

एमसीसीविरुद्ध आन्दोलनलाई निरन्तरता दिने ८ दलको घोषणा

फाइल फाेटाे


नेपालखबर
फागुन १७, २०७८ मंगलबार २०:३९, काठमाडौँ

नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दल तथा संगठनहरुले संसदबाट पारित अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्धको आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्। 

६ राजनीति दल तथा दुई मोर्चाको मंगलबार बसेको बैठकले एमसीसी विरुद्ध फागुन २० देखि चैत ६ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 

घोषित कार्यक्रमअनुसार फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन तथा संयुक्त विरोधसभा सम्पन्न गरिने छ भने फागुन २२ गते बुद्धिजीवीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने छ।

त्यस्तै, फागुन २४ गते ८ मार्च अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाउनका लागि देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न गरिने छ ।

फागुन २६ गते आठ दलसम्बद्ध विद्यार्थीहरूको देशव्यापी क्याम्पस तथा विद्यालयमा विरोध प्रदर्शन र सभा सम्पन्न गर्ने छन् भने फागुन २८ गते युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न हुने छ। त्यस्तै, फागुन ३० गते मजदुर सङ्गठनहरूले देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न गर्ने छन्।

चैत २ गते किसानहरूको तर्फबाट देशव्यापी विरोध प्रदर्शन तथा सभा सम्पन्न कार्यक्रम आयोजना गरिएको छ। त्यस्तै, चैत ४ गते श्रमिक तथा दलित समुदायसित सम्बन्धित मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न गरिने भएको छ। एवम् प्रकारले चैत ६ गते जातीय/क्षेत्रीय मोर्चाहरूको आयोजनामा देशव्यापी विरोध प्रदर्शन र सभा सम्पन्न हुने छ।

आठ दलले ‘साम्राज्यवादीसँग आत्मसमर्पण गरी संसदबाट जवर्जस्ती एमसीसी पास गरेको’ भन्दै फागुन १५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन्। 

बैठकपछि जारी वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपा विप्लव पक्षका महासचिव नेत्रविक्रम चन्द, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति र नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीको हस्ताक्षर रहेको छ ।

एमसीसी खारेजीको माग गर्दै निरन्तर संघर्ष गर्दै आएका ८ दलले संसदबाट एमसीसी पास भएको भोलिपल्ट (फागुन १६ गते) नेपाल बन्द गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .