ad ad

राजनीति


माओवादी नेता ‘मौसम’ले भने : प्रदेश १ मा गम्भीर अन्तरघात भयो, निर्मम समीक्षा गर्छाैं

माओवादी नेता ‘मौसम’ले भने : प्रदेश १ मा गम्भीर अन्तरघात भयो, निर्मम समीक्षा गर्छाैं

नेपालखबर
माघ १३, २०७८ बिहिबार ११:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका छन्। 

बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन्। 

एक सिट जितेर पनि एमाले राष्ट्रिय सभामा पहिलो दल

यसै सन्दर्भमा मन्त्री आङ्बोले बिहीबार बिहान टिप्पणी गरेका हुन्। 

‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेका बेला झन हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न’, मन्त्री आङ्बोले लेखेका छन्, ‘अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ।’

यो पनिप्रदेश १ मा अन्तरघात नै अन्तरघात : गठबन्धन फुट्दा एमालेमा पनि धोका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .