ad ad

राजनीति


ओली निवास अघिबाट राष्ट्रिय युवा संघले सुरु गर्‍यो साताव्यापी रक्तदान अभियान

ओली निवास अघिबाट राष्ट्रिय युवा संघले सुरु गर्‍यो साताव्यापी रक्तदान अभियान

नेपालखबर
माघ १३, २०७८ बिहिबार ९:७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ। 
    

युवा संघले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुधबारदेखि यो अभियान सुरु गरेको हो। 

उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बालकोटस्थित ओली निवास अगाडिबाट रक्तदान अभियान सुरु गरिएको युवा संघले जनाएको छ। रक्तदान कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै ओलीले राम्रा कामका लागि सधैँ अगाडि बढ्न आग्रह गरे।
    

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको बताए। ‘सधैँ सकारात्मक कामका लागि युवा सङ्घ अगाडि बढ्छ,’ उनले भने।

एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गरे। 

त्यस अवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गरेका थिए भने बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई सङ्घले प्रकाशन गरेको पुस्तक ‘तस्विरमा ओली सरकार’ उपहार प्रदान गरेका थिए।
    
सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट सुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन गरिने जानकारी दिए।

भक्तपुरको बालकोट र दरबारस्क्वायर ललितपुरको जावलाखेल तथा पुल्चोक, काठमाडौँको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलङ्की, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिने युवा संघले जनाएको छ।
    
अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .