ad ad

राजनीति


महासचिव पदका दाबेदारद्वय पुन र शर्माबीच के कुरा भयो?

महासचिव पदका दाबेदारद्वय पुन र शर्माबीच के कुरा भयो?

बुधबार साँझ वर्षमान पुनलाई स्वास्थ्य लाभको कामना गर्दै जनार्दन शर्मा।


नेपालखबर
माघ १३, २०७८ बिहिबार ८:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको महासचिव पदका दाबेदारद्वय अर्थमन्त्री जनार्दन शर्मा र पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’बीच बुधबार साँझ भेटवार्ता भएकाे छ। 

चीनमा उपचार गराएर फर्किएका माओवादी केन्द्रका नेता पुनलाई स्वास्थ्य लाभको कामना गर्न अर्थमन्त्री शर्मा बुधबार साँझ उनकै निवास (खुमलटार) पुगेका हुन्। 

वंशाणुगत जन्डिस रोगबाट पीडित पुन स्वास्थ्य अवस्था बिग्रिएपछि थाइल्यान्ड र चीनमा गरी चार महिना उपचार गराएर सोमबार स्वदेश फर्किएका हुन्। 

बुधबार साँझको भेटवार्तामा अर्थमन्त्री शर्मा र नेता पुनबीच महासचिवसहित सबै पदाधिकारी सहमतिमै चयन गर्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ। 

पुन र शर्मा पार्टी महासचिवका दाबेदार हुन्। चीनबाट फर्किएकै दिन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुनले आफू यसअघि सचिव भएर काम गरिसकेको भन्दै महासचिव पदमा दाबेदारी रहेको बताएका थिए। 

शर्माले महाधिवेशन हलबाट सहमतिमै आफूलाई महासचिव बनाउन र नभए निर्वाचन प्रक्रियामा लैजान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका थिए। तर प्रचण्डले महासचिवका अर्का दाबेदार पुन उपचारका सिलसिलामा देशबाहिर हरेकाले उनी आएपछि मात्र निर्णय गर्ने भन्दै पदाधिकारी चयन नै थाँती राखेका छन्। 

गत महिना सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्यबाहेक पदाधिकारी चुन्न सकेको छैन। प्रचण्डले पदाधिकारी चयन प्रक्रियाबारे छलफल गर्न यही माघ २७ गतेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .