निर्वाचन आयोगले बुधबार भएको राष्ट्रिय सभा निर्वाचनको परिणाम घोषणा गरेको छ।
घोषित परिणाम अनुसार १९ सदस्यमध्ये एक स्थानमा नेकपा (एमाले) र बाँकी स्थानमा गठबन्धनले जित हासिल गरेका छन्।
आयोगका अनुसार नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का ५, जनता समाजवादी दलका १, नेकपा (एमाले) का १ र राष्ट्रिय जनमोर्चाका १ जना विजयी भएका छन्।
प्रदेश १ मा भने एक जना नेकपा (एमाले) का उम्मेदवार विजयी भएका हुन्। सोही प्रदेशमा दुई जना उम्मेदवारको बराबर मत आएपछि गोला प्रथाद्वारा एक जनालाई विजयी घोषणा गरिएको छ।
यता, लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा (राजेश) विजयी भएसँगै जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ।
कहाँ कसले जिते, हेरौँ सूची
Shares
प्रतिक्रिया