ad ad

राजनीति


गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतले बाजी मारे

गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतले बाजी मारे

नेपालखबर
माघ १२, २०७८ बुधबार १८:२१, काठमाडौँ

प्रदेश १ राष्ट्रियसभा निर्वाचनको खुल्लातर्फ पाँच दलीय गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन्। 

गठबन्धनबाट कांग्रेसका उम्मेदवार बस्नेत गोलाप्रथाबाट विजयी भएका हुन्। 

खुलातर्फ एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको बराबरी मत आएको थियो।

बस्नेतले प्रदेशसभाका ५० सांसदहरुबाट २४०० मतभार पाए भने स्थानीय प्रतिनिधिहरूबाट ११६ जनाको २०८८ मत पाएका थिए।

बरालले प्रदेशसभाबाट ३८ सांसदहरुबाट १८२४ मत पाए भने स्थानीय तहबाट १४८ जनाको २६६४ मत पाए। यहाँ पनि दुवैको कुल मत बराबर भएको थियो।

त्यसपछि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ ऐनको दफा ५८ अनुसार मत गोलाप्रथा अनुसार निर्णय लिइएको हो।

गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मत ४४ सय ८८ मत आएको थियो। 

बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्णय लिँदा बराल पछि परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .