राजनीति


भारत हुँदै तेस्रो देश जान दूताबासको सिफारिस अनिवार्य, के–के चाहिन्छ कागजात?

भारत हुँदै तेस्रो देश जान दूताबासको सिफारिस अनिवार्य, के–के चाहिन्छ कागजात?

नेपालखबर
असार ६, २०७६ शुक्रबार १५:४,

भारतस्थित नेपाली राजदूताबासले भारत हुँदै विभिन्न देश जाने नेपालीहरुका लागि दूताबासको सिफारिसपत्र ‘नो अब्जेक्सन लेटर’ (एनओसी) अनिबार्य भएको जनाएको छ।

भारतको अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अबर इमिरेट्स, ओमन, बहराइन, इराक, लिबिया, लेबनान जस्ता मुलुकमा जान दूताबासको सिफरिस अनिबार्य रहेको दूताबासले स्मरण गराएको हो।

सिफारिस पत्रका लागि आवश्यक कागजातका लागि दूताबासले सूचनामार्फत नागरिकलाई सचेत गराएको छ।

त्यसका लागि सम्बन्धित ब्यक्तिको हस्तलिखित निवेदन, राहदानी र सोको फोटोकपी, गन्तब्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, यसअघि भारत हुँदै तेस्रो देश गएको भए सोको प्रमाण, भारतमा रहेका नेपालीहरुको हकमा परिचयपत्र आवश्यक पर्नेछ।

दूताबासले उपरोक्त कागजपत्र हेरी औचित्यका आधारमा एनओसी जारी गर्नेछ।

यस्तै, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्न भारतको भिसा अनिवार्य रहेकोले सोही अनुसार गर्न पनि दूताबासले नेपाली नागरिकलाई सचेत गराएको छ।

nepali ambasdor india

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .