ad ad

राजनीति


सर्वदलीय बैठकका लागि एमालेलाई खबर गरिएको छैन : विष्णु रिमाल

सर्वदलीय बैठकका लागि एमालेलाई खबर गरिएको छैन : विष्णु रिमाल

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:५४, काठमाडौँ

नेकपा एमालेका नेता विष्णु  रिमालले आज शनिबार बस्ने भनिएको सर्वदलीय बैठकमा सहभागिताका लागि अहिलेसम्म कुनै सूचना नभएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहान ९ बजेपछि सर्वदलीय बैठक बस्दै छ। 

यसअघि गत पुस ४ गतेको सर्वदलीय बैठक बहिष्कार गरेको प्रमुख प्रतिपक्ष दल एमाले आजको सर्वदलीय बैठकमा सहभागी होला कि नहोला, आमचासो छ। 

यसै सन्दर्भमा एमाले नेता रिमालले आफूलाई पनि यस्तो प्रश्न आइरहेको उल्लेख गर्दै अहिलेसम्म सरकारका तर्फबाट एमालेलाई सर्वदलीय बैठकमा आउन कुनै सूचना नगरिएको जानकारी दिएका हुन्। 

‘प्रधानमन्त्रीज्यूले आज बिहान सर्वदलीय बैठक बोलाउनुभएको भन्ने समाचार सञ्चारमाध्यममा देखियो, सुनियो। एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो’, रिमालले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु।’

यो पनिसर्वदलीय बैठकअघि बाबुराम भट्टराईले गरे एमालेको कडा आलोचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .