राजनीति


सर्वदलीय बैठकअघि बाबुराम भट्टराईले गरे एमालेको कडा आलोचना

सर्वदलीय बैठकअघि बाबुराम भट्टराईले गरे एमालेको कडा आलोचना

नेपालखबर
माघ ८ , काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) बिहान ९ बजेपछि सर्वदलीय बैठक बस्दै छ। यसअघि गत पुस ४ गतेको सर्वदलीय बैठक पनि बहिष्कार गरेको एमाले आजको बैठकमा पनि सहभागी हुने कुरा यो खबर लेख्दासम्म निश्चित भइसकेको छैन। 

यहीबीच सत्ता गठबन्धनमा आबद्ध दल जसपाका एक जना शीर्ष नेता डा. भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेविरुद्ध तीखो टिप्पणी गरेका हुन्। 

उनले नाम नलिईकन संसद् बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्’ भनेर एमालेविरुद्ध आक्रोश पोखेका हुन्। र, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अप्रत्यक्ष रूपमा हिटलरको संज्ञा दिएका छन्। 

‘बिनाकारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू  ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्’, भट्टराईले लेखेका छन्, ‘नबिर्सौं हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो।’

माघ ८, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad