ad ad

राजनीति


धरान उपमहानगरको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

धरान उपमहानगरको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:४३, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नेकपा (एमाले)का प्रतिनिधिले बहिष्कार गरेका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि बस्दैनबसी बैठक स्थगित भएको छ। 

विभिन्न विषयमा छलफल गर्न मेयर तिलक राईले शुक्रबारको लागि कार्यपालिका बैठक बोलाएका थिए। नेपाली कांग्रेसबाट निर्वाचित मेयर राईले गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको जानकारी दिएका छन्।

एमालेका जनप्रतिनिधिले मेयर राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरी एकलौटी ढंगले बैठक बोलाएकाले बहिष्कार गरिएको बताएका छन्। एमालेबाट निर्वाचित उपमेयर मञ्जु भण्डारीले बैठकको एजेण्डाबारे मेयर राईले छलफल र समन्वय नगरेको बताइन्।

धरानमा मेयर, उपमेयर र २० वडाध्यक्षसहित ३० जना कार्यपालिका सदस्य छन्। ती मध्ये कांग्रेसबाट मेयर र ५ वडाध्यक्षसहित ६ जना कार्यपालिका सदस्य छन् भने एमालेबाट उपमेयरसहित २१ जना सदस्य छन्।

नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका एकएक जना सदस्य छन्। एमालेका एक जना कार्यपालिका सदस्यको निधन भएपछि रिक्त छ।

एमालेबाट निर्वाचित धरानका तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा यहाँ कांग्रेसको तर्फबाट तिलक राईले मेयरमा बाजी मारेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .