ad ad

राजनीति


५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि छिट्टै कोरोना खोप : प्रधानमन्त्री देउवा

५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि छिट्टै कोरोना खोप : प्रधानमन्त्री देउवा

नेपालखबर
माघ ८, २०७८ शनिबार ५:२७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि पनि काेराेनाविरुद्ध खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन्।

उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्तिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान सुरु भइसकेको बताए। साथै, ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए। 

प्रधानमन्त्री देउवाले शुक्रबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को सङ्क्रमणबाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकाले गत ६ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको बताए। सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उनको भनाइ छ।

यस अवधिमा १८ वर्ष माथिका एक करोड–९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ।

यो अवधिसम्ममा विभिन्न प्रकारका कूल ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप वितरण गरिएको छ।

पुस मसान्त सम्ममा  एक मात्रा खोप लगाएको जनसङ्ख्या १ करोड ५६ लाख ६ हजार २१ र  पूर्ण मात्राको खोप लगाएको जनसङ्ख्या १ करोड १८ लाख ६९ हजार ९७४ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .