ad ad

राजनीति


प्रधानमन्त्री देउवाले बाेलाए सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले बाेलाए सर्वदलीय बैठक

नेपालखबर
माघ ७, २०७८ शुक्रबार २०:२०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शनिबार) सर्वदलीय बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारका अनुसार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।  

आगामी निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ। 

शुक्रबार बसेको पाँच दलीय गठबन्धनको बैठकले तीनै तहको निर्वाचन एकैसाथ गर्ने समझदारी गरेको थियो। 

बैठकमा तीनै तहको चुनावका लागि २०७९ मंसिर महिना उपयुक्त हुने निष्कर्षमा सत्ता साझेदार नेताहरु पुगेका थिए। 

त्यसअघि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने उल्लेख गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .