ad ad

राजनीति


संयन्त्र बैठक स्थगित भएपछि देउवा-प्रचण्ड छुट्टै छलफल

संयन्त्र बैठक स्थगित भएपछि देउवा-प्रचण्ड छुट्टै छलफल

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७८ बिहिबार १६:१६, काठमाडौँ

सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन्। 

बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादु देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच अहिले साँझ छलफल हुँदैछ।

आजै अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएपछि देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल हुन लागेको हो।

प्रचण्डको सचिवालयका अनुसार बैठकको पूर्वतयारीका लागि दुई नेता जुट्ने भएका हुन्। दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ। 

प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख-जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। 

उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनममोर्चा नेपालले पनि साथ दिएका छन्

तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्। 

उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .