ad ad

राजनीति


बाँस्कोटाको आक्रोश : ...दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?

बाँस्कोटाको आक्रोश : ...दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?

नेपालखबर
माघ ५, २०७८ बुधबार १७:२७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा सडक आन्दोलन गर्नेहरू अहिलेको सरकारले गरेका ‘गल्ती’मा चाहिँ नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन्।  

कोरोना खोप गायब हुँदा, भारतले नेपाली भूमिमा सडक बनाउँदा पनि वर्तमान गठबन्धन सरकार मुखमा टेप टाँसेर बसेको तथा स्थानीय तहको चुनाव घोषणा नगरेको टिप्पणी बाँस्कोटाले गरेका छन्। तर हिजो ओली सरकार हुँदा दैनिकजसो सडक तथा माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नेहरू यतिबेला ‘बेपत्ता’ भएको आरोप उनले लगाएका छन्।  

‘खोप गायब हुँदा, देशभित्र विदेशीले एकलौटी सडक बनाउँदा मुखमा टेप टाँसेर बस्दा अनि स्थानीय तहको चुनाव घोषणा नगर्दा’, बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने, निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउँदै दाह्रा किट्ने फण्डित र युवा नेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?’

ओलीले प्रतिनिधि सभा विघटन गरेका बेला अहिले सत्तामा रहेका दलसहित नागरिक समाज पनि आन्दोलनमा उत्रिएका थिए।  ​

ओलीका अति प्रिय नेताका रूपमा परिचित बाँस्कोटाले केही दिनयता गठबन्धनविरुद्ध सामाजिक सञ्जालमार्फत दैनिकजसो विरोध गरिरहेका छन्। 

याे पनि : ​‘मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो– कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .