ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचनमा मतदान केन्द्र थप गर्न दलहरूको सुझाव

राष्ट्रिय सभा निर्वाचनमा मतदान केन्द्र थप गर्न दलहरूको सुझाव

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १४:४३, काठमाडौँ

विभिन्न राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र थप गर्न सुझाव दिएका छन्।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको छलफलमा कोरोना संक्रमणलाई ध्यान दिँदै मतदान केन्द्र थप गर्न सुझाव दिइएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

१९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा प्रदेशमा जम्मा १४ वटा मतदान केन्द्र तोकिएको छ।

बैठकमा आयोगले राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र आगामी स्थानीय तहको निर्वाचनबारे छलफल भएको लेखकले जानकारी दिए।

‘चुनावका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएको सन्दर्भ हो। पहिलो कुरा यही माघ १२ गते मतदातन हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा उहाँहरुले जानकारी गराउनुभयो’ लेखकले सञ्चारकर्मीसँग भने, ‘अर्को कुरा मतदाता नामावली संकलनका सन्दर्भमा उहाँहहरुले अहिलेसम्मको तयारीबारे बारे जानकारी गराउनुभयो। र, तेस्रो कुरा स्थानीय तह निर्वाचनको तयारीका सन्दर्भमा उहाँहरुले यसको तयारी, संवैधानिक व्यवस्थाका बारेरमा, कानुनी व्यवस्थाका बारेमा पनि छलफलका लागि आफ्नो गृहकार्य प्रस्तुत गर्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .