ad ad

राजनीति


निर्वाचन आयोगमा सर्वदलीय बैठक, विभिन्न दलका नेता पुगे

निर्वाचन आयोगमा सर्वदलीय बैठक, विभिन्न दलका नेता पुगे

फाइल तस्बिर


नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १२:५८, काठमाडौँ

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दलका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका छन्। 

आयोगले डाकेको सर्वदलीय बैठकमा सहभागी हुन सत्तारुढ र विपक्षी दलका नेताहरु पुगेका हुन्। 

यो बैठकमा स्थानीय तहको निर्वाचन मिति निर्धारणका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ। 

आयोगका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ। 

बैठकमा नेपाली कांग्रेसका नेता रमेश लेखकसहित आयोग पुगेका छन्। यस्तै एमालेबाट उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य निरज आचार्य र केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी आयोग पुगेका छन्। माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलसहित पुगेका छन्। 

नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल बैठकमा पुगेका छन्। नेपाली जनता दलका हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारी पनि आयोगमा गएका छन्।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा छलफलका लागि पुगेका छन्।

यसअघि गत कात्तिकमा आयोगका पदाधिकारीले गत प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए। तर यस विषयमा सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .