ad ad

राजनीति


ललिता निवास जग्गा प्रकरणमा भीम रावलको आशंका

ललिता निवास जग्गा प्रकरणमा भीम रावलको आशंका

नेपालखबर
पुस २९, २०७८ बिहिबार १०:३२, काठमाडौँ

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानप्रति नेकपा एमालेका नेता भीम रावलले आशंका व्यक्त गरेका  छन्।  

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु मुद्दा फासफुस पार्ने चाल हुन सक्ने शंका उनले व्यक्त गरेका हुन्। 

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एमाले नेता रावलले ललिता निवासको जग्गा प्रकरणबारे सरकार र सरकारी वकिलले खुलस्त पार्नुपर्ने माग गरेका हुन्। 

‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन’, रावलले भनेका छन्, ‘अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।’

यो पनिललिता निवास जग्गा प्रकरण : हाजिरी जमानीमा छुटे लेखनदास दम्पती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .